सरकारको नीति तथा कार्यक्रम : नेपाललाई छायांकन गन्तव्यका रुपमा विकास गर्ने घोषणा  « Khabarhub

सरकारको नीति तथा कार्यक्रम : नेपाललाई छायांकन गन्तव्यका रुपमा विकास गर्ने घोषणा 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता नेपाललाई विदेशी फिल्मको छायांकनको लागि गन्तव्यको रुपमा चिनाउनु पर्ने आवाज उठिरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विदेशी कलाकारहरूलाई नेपाल ल्याउने र नेपालको स्थानलाई प्रवर्द्धन गर्ने विभिन्न फिल्मी कार्यक्रममा बताउँदै आइरहेका छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरेकी छिन् ।

सरकारले नेपाललाई विदेशी फिल्म छायांकनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको हो । फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना सहित सरकारले यसलाई प्राथमिकतामा राख्ने राष्ट्रपति भण्डारीले बताए । 

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ७ : ४३ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।