‘अभिन्न’ को ट्रेलरमा यस्तो देखिए कार्म | Khabarhub Khabarhub

‘अभिन्न’ को ट्रेलरमा यस्तो देखिए कार्म


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘अभिन्न’ को पोस्टर सार्वजनिक गरे लगत्तै निर्माण पक्षले ट्रेलर पनि सार्वजनिक गरेको छ ।

दार्जिलिङ सहर डुलिहिँड्ने एक अपांग व्यक्तिले भोगेको जीवनकथा र उसलाई सघाउने कुकुरको चरित्रलाई प्रस्तुत गरिएको फिल्म सन् २००८ मा लैनसिंह वाङ्देलद्वारा लिखित चर्चित उपन्यास  ‘लंगडाको साथी’ मा आधारित छ । फिल्ममा अभिनेता कार्मको मुख्य भूमिका रहेको छ । 

ट्रेलरमा मुख्य अभिनेता कार्मलाई दार्जिलिङ सहरमा डुलिरहने एक अपांग व्यक्तिको चरित्रमा देख्न सकिन्छ । फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । छायांकन सकिएको फिल्मको पोस्ट प्रोडक्सनमा रहेको र यसलाई फेस्टिभलमा फिल्म पठाउने तयारी भइरहेको छ ।

वाङ्देल एण्ड शाक्य प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका हुन् । दार्जिलिङकै परिवेशमा छायांकन गरिएको फिल्मलाई  फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : २६ बजे

एनआईसी एशिया बैंकले ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशत छुट पाउने

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरमा रहेको ओम अध्याय रिट्रिटमा

न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चितको मागसहित नर्सहरूको विरोध प्रदर्शन

काठमाडौं– न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार