पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन (फोटो फिचर) « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बारामा प्रदर्शन (फोटो फिचर)


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- पछिल्लो समय सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै बारामा विरोध प्रदर्शन भएको छ ।

नेकपा एमाले निकट भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बारा र राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले मंगलबार विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, स्कुटर र अटो डोर्याएर साङ्केतिक रुपमा विरोध गरेका हुन् ।हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनतालाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा पार्टी नहेरेर सबैजना एकजुट भएर लाग्न नेकपा एमालेका युवा नेता जयराम कुवरले आग्रह गरे । 

यस्तै मूल्यवृद्धिको विरुद्धमा आगामी दिनमा समेत राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले पनि बाराका बिभिन्न स्थानमा एकसाथ बिरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने एमाले निजगढका सचिब तिलक घलानले बताए । 

यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियु र युवा संघले माग गरेको छ ।

पहिले कोभिड– १९ का कारण लामो समयदेखि अप्ठ्यारो भोगिरहेका नेपाली जनताको अब पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ढाड सेक्ने काम भइरहेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइरालाले बताए । उनले उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत सरकारलाई आग्रह गरे । 

नेपाल आयल निगमले सोमवार मध्यरातदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर १० रुपैयाँ वृद्धि गरेको थियो भने यस्तै, ग्यासमा पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : ५३ बजे

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख