प्रहरीहरू सुरक्षा सचेतना कार्यक्रम लिएर टोलटोलमा पुग्दै « Khabarhub

प्रहरीहरू सुरक्षा सचेतना कार्यक्रम लिएर टोलटोलमा पुग्दै


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ ।

प्रहरी नायब उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो ।

अभियानको पहिलो दिन विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई लागूऔषधको विषयमा सजग गराइएको थियो ।

शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको  लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँग छलफल भइरहेको प्रहरी नायब उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।

प्रहरीले सुरुवात गरेको यो अभियानलाई स्थानीय समाजसेवी तथा राजनीति दलहरूले स्वागत गरेका छन् । पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका नेता फाल्गुन सुस्लिङ्ग मगरले शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी यस्ता प्रहरीको यो भूमिका सराहनीय भएको बताए ।

मगरले भने, ‘लागूऔषध न्यूनीकरण बर्दिबासमा ठुलो चुनौती बनिरहेको छ । यसलाई न्यूनीकरण गर्न प्रहरीका सचेतनामूलक कार्यक्रमहरू प्रत्येक विद्यालय र क्याम्पसमा लैजानुपर्छ ।’

यसपछि किसाननगरमा चट्याङबाट बच्न अपनाउनु पर्ने कार्यक्रम र अन्य सुरक्षाका विषयमा सचेतना जगाउने कार्यक्रम रहेको नायब उपरीक्षक रावलले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : ५६ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका