प्रहरीहरू सुरक्षा सचेतना कार्यक्रम लिएर टोलटोलमा पुग्दै « Khabarhub

प्रहरीहरू सुरक्षा सचेतना कार्यक्रम लिएर टोलटोलमा पुग्दै


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुख्य नाराका साथ इलाका प्रहरी कार्यालय बर्दिबासले सचेतना अभियान सुरुवात गरेको छ ।

प्रहरी नायब उपरीक्षक रवि रावलको संयोजकत्वमा सुरु भएको उक्त अभियान देउराली माध्यमिक विद्यालय बर्दिबासबाट औपचारिक शुभारम्भ गरिएको हो ।

अभियानको पहिलो दिन विद्यालयमा अध्ययनरत किशोरकिशोरीलाई लागूऔषधको विषयमा सजग गराइएको थियो ।

शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको  लागी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कार्यक्रमहरूलाई प्रभावकारी बनाउन स्थानीय तह र समुदायसँग छलफल भइरहेको प्रहरी नायब उपरीक्षक तथा इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले जानकारी दिए ।

प्रहरीले सुरुवात गरेको यो अभियानलाई स्थानीय समाजसेवी तथा राजनीति दलहरूले स्वागत गरेका छन् । पूर्व वडा अध्यक्ष तथा नेकपा एमालेका नेता फाल्गुन सुस्लिङ्ग मगरले शान्तिपूर्ण एव सुरक्षित समाज निर्माणको लागी यस्ता प्रहरीको यो भूमिका सराहनीय भएको बताए ।

मगरले भने, ‘लागूऔषध न्यूनीकरण बर्दिबासमा ठुलो चुनौती बनिरहेको छ । यसलाई न्यूनीकरण गर्न प्रहरीका सचेतनामूलक कार्यक्रमहरू प्रत्येक विद्यालय र क्याम्पसमा लैजानुपर्छ ।’

यसपछि किसाननगरमा चट्याङबाट बच्न अपनाउनु पर्ने कार्यक्रम र अन्य सुरक्षाका विषयमा सचेतना जगाउने कार्यक्रम रहेको नायब उपरीक्षक रावलले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ८ : ५६ बजे

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार– डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी

रवि छुट्ने भएपछि निकिता लेख्छिन् – बेइमानको रजगजमा नखाएको विष लाग्ने रहेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने रिहा