स्थानीय तह निर्वाचन : हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित « Khabarhub

स्थानीय तह निर्वाचन : हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा मङ्गलबार ७ बजेसम्म प्रविष्ट भएको विवरणअनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।

यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टी, नेपालका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझा पार्टीका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका ६, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा (माओवादी समाजवादी)का दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३८३ जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : ०३ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।