बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते « Khabarhub

बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यात्रुवाहक बसले विपरीत दिशामा गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा आज तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा सख्त घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० वर्षीया पार्वती थापा रहेको प्रहरीले जनाएको छ । बसको

ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको हो ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना४ख ८४४५ नंको बसले विपरीत दिशामा गुडिरहेको ग२०प ६३३६ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक सोही ठाउँ निवासी २० वर्षीय सुसिर थापालाई पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सवारी दुर्घटनामा परी मृत्यु भएकी महिला घाइते सुसिरकी आमा भएको प्रहरीले जनाएको छ । सो बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : ०९ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।