नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’ | Khabarhub Khabarhub

नवराज स्मृतिमा जात व्यवस्थाविरुद्ध ‘गमगढी प्रतिरोध मार्च’


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको सदरमुकाम गमगढी बजारमा नवराज विक सहितको स्मृतिमा जात व्यवस्थाविरुद्व ‘गमगढी प्रतिरोध मार्च गरिएको छ ।

दलित समुदायमाथि भएको गम्भीर नरसंहारको सत्यतथ्य २ वर्ष बितिसक्दा पनि बाहिर ल्याउन नसकेको , अपराधीहरुलाई कारबाही गराउन र पीडितको न्याय  सुनिश्चित गर्न सरकारलाई जवाफदेही बनाउने उद्देश्यले कर्णाली थिएटरको संयोजनमा प्रतिरोध जनअधिकार आन्दोलन र बृहत् नागरिक आन्दोलनले संयुक्त रुपमा गमगढी प्रतिरोध मार्च गरेका हुन् ।

जेठ १० गते अर्थात आज रुकुम नरसंहारको दुई वर्ष पूरा भएको छ ।  त्यही दिनको सम्झनामा प्रतिरोध स्वरुप नागरिक आन्दोलन सहित यहका दलित अधिकारकर्मी , नागरिक अगुवाहरूले सदरमुकाम गमगढी बजारमा बिरोध र्याली गर्दे प्रतिरोध मार्च गरेका हुन् ।

रुकुम घटनाका पीडितले अझै पनि न्याय पाएका छैनन् । बरू राज्य प्रशासन नै  घटनालाई तोडमोड गरी भवितव्य घटनाका रुपमा परिभाषित गर्ने दुस्साहस गरिरहेको छ । घटनामा आरोपित ३४ जनामध्ये ११ थुनामुक्त भइसकेका छन् भने  २३ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अदालतले घटनाबारे अन्तिम फैसला सुनाएको छैन । पीडित परिवारले न्याय पाउनेमा आशंका उत्पन्न भइरहेका  बेला सरकार, राजनीतिक दललगायत सम्बन्धित वर्गलाई खबरदारी गर्न प्रतिरोध मार्च गर्न लागिएको दलित अधिकारकर्मी बिष्णुमाया परियारले बताइन् ।

उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्णु कुमार भामले दलित समुदायका लागि आफं कटिबद्ध रुपमा लागेको बताए । साथै नगरपालिका बाट ५ वर्षको अवधिमा दशै तिहार जस्ता पर्वहरुमा आर्थिक अवस्था न्युन भएका नगरका दलित लाई चाडपर्व खर्च वापत प्रत्येक दलित लाई ५।५ हजारका दरले प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विश्वकर्मा र रुकुम पश्चिम सोतीकी एक गैरदलित किशोरीबीच प्रेम सम्बन्ध थियो ।

ती किशोरीलाई भगाएर विहे गर्न गएका नवराज र उनका साथीहरूलाई २०७७ जेठ १० गते साँझ रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका गैरदलित समुदायको भीडले हत्या गरेको थियो ।

घटनामा परी नवराजसहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको ज्यान गएको थियो भने घटनामा नवराजका १२ जना साथी घाइते भएका थिए ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १० : ४१ बजे

कर्णाली प्रदेशसभामा प्रतिपक्ष उपस्थित नभएपछि बैठक स्थगित

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलका सांसदहरू उपस्थित नभएपछि प्रदेशसभाको

रिहा भएपछि रवीन्द्र मिश्रले भने- न्यायालयप्रति आभारी छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र न्यायालयप्रत

आईटी कम्पनीले कमाएको ५० प्रतिशत विदेशमा लगानी गर्न पाउने

काठमाडौं– सूचना प्रविधि क्षेत्रका काम गर्दै आएका उद्योगले आफूले आम्दानी

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले

एमालेको आरोप- निजामती विधेयकमा माओवादीले राजनीति गर्न खोज्यो

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका