हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित | Khabarhub Khabarhub

हालसम्म ३४ हजार ७४१ पदमा निर्वाचित


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा मङ्गलबार ७ बजेसम्म प्रविष्ट भएको विवरणअनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।

यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टी, नेपालका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझा पार्टीका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका ६, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा (माओवादी समाजवादी)का दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३८३ जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ११ : ११ बजे

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार