बेपत्ता विमान खोज्न गएको सेनाको टोली कोवाङ फर्क्यो « Khabarhub

बेपत्ता विमान खोज्न गएको सेनाको टोली कोवाङ फर्क्यो


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तारा एअरको विमान दुर्घटना भएको आशंका गरिएको स्थान लार्जुङबाट सेनाको टोली फर्किएको छ । केही समयअघि त्यसतर्फ गएको सेनाको टोली कोवाङतर्फ नै फर्किएको हो । अझै दुर्घटनास्थल यकिन हुन सकेको छैन ।

लार्जुङका स्थानीय शिक्षक वीरेन्द्र लामिछानेका अनुसार दुर्घटनास्थलबारे अन्योल हुँदा उनीहरू अलमलिएका छन् ।

‘आर्मीहरू फर्किनुभयो । कहाँ दुर्घटना भएको भन्ने थाहा छैन,’ उनले भने, ‘आशंका यतै हो । तर, ठाउँ थाहा भएन ।’ सबैतिरका स्थानीयले आवाज सुनेको भनेपछि झनै अन्योल बढाएको छ ।

स्थानीय समयअनुसार बिहान ९ बजेर ५५ मिनेटमा उडेको टुविन अटर ९ एनएईटी विमान अन्तिमपटक जोमसोम टावसरँग १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । त्यसपछि विमान बेपत्ता छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार विमानको खोजी कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  २ : २५ बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका