नेपालमा लागूऔषध दूर्व्यसनीको अवस्था डरलाग्दो | Khabarhub Khabarhub

नेपालमा लागूऔषध दूर्व्यसनीको अवस्था डरलाग्दो



हाम्रो जीवन अति सुन्दर अनि अमूल्य छ। यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ। जसले जीवनलाई सुन्दर तथा कलात्मक तरिकाले जिउन जान्दछ। त्यो मानव नै बुद्धिमान कहलिन्छ। समाजमा ऊ अब्बल दर्जाका रुपमा उदाहरण भइरहन्छ। तर, जीवन जिउने कला सबैमा हुँदैन।

कतिपय मानिस जीवन जिउन नजानेर कुलतको सहायता लिन बाध्य भइदिन्छन्। कुलत खराब आनीबानी हो। जीवनको सुन्दरता तथा महत्त्वबारे नबुझ्नेहरु लापर्वाहीपूर्वक क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागुऔषधको दुर्व्यसनमा डुबाउँछन्।

सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन्। प्रतिवर्ष ११ दशमलव ३६ प्रतिशतका दरले दुर्व्यसनीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय सङ्स्थाले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड लागुऔषध दुर्व्यसनी छन्। त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुनेगर्छ। विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार लागुऔषध भनेको रसायनिक पदार्थ हो। यो स्वस्थ शरीरको लागि प्रयोग गर्न नमिल्ने पदार्थ हो। विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन्। गाँजाको दुर्व्यसनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्। गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागुऔषधका रुपमा रहेको छ।

लागुऔषध दुर्व्यसनीको समस्या
लागुऔषध दुर्व्यसनमा फसेको मानिसले खानु हुँदैन भन्दा भन्दै पनि छोड्न सक्दैन। कुनै लागुऔषध लिनु हुँदैन भन्ने थाहा हुँदाँ पनि लिन प्रयास गर्नुलाई साइकोलोजी डिपेन्डेन्स भनिन्छ। फिजिकल डिपेन्डेन्स भनेको कुनै पनि चिज नलिदाँ पनि लक्षण देखा पर्छ।

रक्सी नखादाँ शरीरमा कम्पन हुने डर लाग्ने हुन्छ। ट्यावलेट, इन्जेक्सन लिने व्यक्तिलाई रुघा लाग्ने, हाँछ्यु आउने, थरथर काप्ने, पखाला लाग्ने जस्ता लक्षण देखा पर्छन्। नखाँदा शारीरीक लक्षण देखिने भएकाले पनि खानुपर्ने बाध्यता आउँछ। यिनै कुराबाट नै हामी कुनै व्यक्ति कुलतमा फसेको रहेछ भनेर थाहा पाउनुपर्छ।

युवापुस्तामा नै बढी समस्या
युवापुस्तामा पनि युवती भन्दा युवकको संख्या बढी देखिन्छ। १५ वर्षदेखि २१ वर्षसम्मका युवाले लागुऔषध सुरु गरेको पाइन्छ। युवापुस्ता इन्डिपेन्डेन्ट बन्न खोज्दा विभिन्न च्यालेन्ज लिन चाहन्छन। नयाँ कुरा सिक्न, अनुभव गर्न चाहन्छन्।

यो समयमा उनीहरुलाई समाज, परिवारले सहि बाटो देखाइएन भने कुलतको बाटोमा हिँड्छन। चुरोट खाँदा, रक्सी खाँदा कस्तो हुन्छ भनेर पनि उनीहरु खान सक्छन्। साथीभाइको संगतले गर्दा पनि धेरै जना कुलतमा फस्छन।

साथीभाइमा पनि यसले खान सक्दैन भनेर प्रतिस्पर्धा हुदाँ पनि कुलतमा फस्ने देखिन्छ। शिक्षा, परिवारको दायित्व पनि उत्तिकै महत्वपूर्ण छ र परिवारले आफ्नो सन्तान के गरिरहेको छ कस्तो साथीको संगत गरेको छ ख्याल गर्नुपर्छ।

लागूऔषध सेवन गरेको थाहा पाउने तरिका
लागुऔषध खाने व्यक्तिको पढाइहरु बिग्रन्छ। स्कुल, कलेज जान नखोज्ने, कोठामा एक्लै बस्ने ,मान्छेसँग कुरा गर्न नखोज्ने, समाजमा घुलमिल हुन नखोज्ने, आँखा रातो हुने, हातमा कम्पन आउने, दुब्लाउँदै जाने लक्षण देखा पर्छन्।

यस्ता लक्ष्यणबाट पनि हामीले थाहा पाउन सकिन्छ। परिवारले केही सोध्न खोज्दा उत्तर नदिनु, लुकाएको जस्तो गर्ने पनि देखिन्छ। कतिपय परिवारले छोराछोरीको गोजी हेर्दैनन्, कोठामा गएर हेर्दैनन। ५–१० वर्षदेखि लागुऔषध खाइरहेको पनि थाहा पाउदैनन्।

लागुऔषध अनुसार फरकफरक लक्षण
लागुऔषध अनुसार फरकफरक लक्षण देखा पर्छन्। चुरोट खाने मान्छेलाई छटपटी हुन्छ, आतुर लाग्ने, निद्रा नलाग्न, धेरै रिसाउने हुन्छ। रक्सी खाने मान्छेलाई कम्पन हुने पसिना आउने, मुटु ढुकढुक हुने, आँखामा आँखा जुधाएर कसैसँग  बोल्न नसक्ने, निद्रा नलाग्ने हुन्छ। साथै, जन्डिस हुने, छारेरोग हुने हुन्छ।

गाँजा खाने मान्छेहरुमा एक्लै बस्ने, दुव्लाउदै जाने, इमोटिभेसनल सिन्ड्रोम देखा पर्ने जस्तैः केही गर्न चाहना नहुने केही काम गर्न सक्दिन जस्तो लाग्ने, केही काम गर्न रहरनै नहुने हुन्छ। अरुले भनेपछि मात्र गर्ने तर आफनो इच्छाशक्त्तिले केही काम गर्न नखोज्ने हुन्छ।

यस्तै, गोटी ट्यावलेट, ब्राउन सुगर खाने मान्छेमा निद्रा नलाग्ने, ढाड दुख्ने, दिशा पातलो हुने आँखाबाट आसुँ आउने, जीउ दुख्ने लक्षण देखा पर्छन्। इन्जेक्सन लिने व्यक्तिमा छटपटी हुने, एकदमै रिसाउने, खान मन नलाग्ने लक्षण देखा पर्छन्।

दीर्घकालीन असर
लागुऔषध खाने व्यक्तिहरुको जीवनको आधारनै बिग्रन्छ। उनीहरुको भविष्यको सपनासँगै पढाई बिग्रन सक्छ। घरपरिवार बिग्रने, विवाहित जोडीको डिर्भोस हुने देखिन्छ। व्यक्तिगत हिसाबमा विभिन्न स्वास्थ्य समस्या देखिन्छन्। एन्जाइटी, डिप्रेसनसँगै पागलपनसम्मको समस्या देखिने गर्छ।

यस्ता समस्या देखियो भने अस्पतालमा भर्ना गरेर लामो समय उपचार गर्नुपर्ने हुन्छ। यो एउटा व्यक्तिको मात्रै समस्या नभएर पुरै परिवारको समस्या हुने गर्छ। लागुऔषध खाने व्यक्तिले हत्या, हिंसा गर्ने सम्मको असर पर्ने देखिन्छ।

तत्काल छुटाउदा पनि कुनै असर गर्दैन
लागुऔषध खाने व्यक्तिलाई छुटाउने भनेको एक पटकमै हो। एकपटकमै छोड्दा मान्छेले नबुझिकनै नटेरेर, नमानेर, हेपेर हो भन्ने हुन्छ। हामीले उनीहरुको स्वभाव यस्तै हो भन्छौ। लागुऔषध सेवन त एउटा रोग हो, रोगको उपचार हुन्छ, दुर्व्यसनीमा लागेका व्यक्तिलाई घर परिवार, समाजले साथ दिनुपर्छ। अनि मात्र उसले यो समस्याबाट मुक्त हुनसक्छ।

विस्तारै विस्तारै छोड्छु, आज अलिकति मात्र खान्छु भनेर कहिले पनि दुर्व्यसन छुट्दैन। त्यो घरपरिवारलाई झाराटारेको, नटेरेको हो। तर, घरमा राखेर छुटाउन खोज्नु हुँदैन। लागुऔषध खाने व्यक्तिको शरीरमा के असर गरेको छ भन्ने कुराको मतलब नगरी हामीले तत्काल छुटाउनुपर्छ।

गर्भवती महिलालाई गर्ने असर
गर्भवती महिलाले लागुऔषध सेवन गरेमा बच्चालाई असर गर्छ। उनीहरुले बच्चाको ध्यान नदिने, न्युट्रिसियनको केयर नगर्ने, चोटपटक लाग्ने हुदाँ गर्भपतनको समेत हुने अवस्था आउछँ। बच्चा जन्मिदा विभिन्न मानसिक समस्या आउने हुन्छ। कोही पनि गर्भवती भएका महिलाले लागुऔषध प्रयोग गर्नु हुँदैन। यसले आमासँगै बच्चालाई समेत असर गर्छ।

सामाजिक कारणले पनि दुर्व्यसनीमा
समाज अहिले परिवर्तन भइरहेको छ। पहिले संयुक्त परिवारमा बस्ने एक एर्काको हुनाले भावना, मर्म बुझने, सहयोग गर्ने हुन्थ्यो तर अहिले मानिस स्वार्थी बन्दै छन्। यसरी नजिकको सबन्ध पनि छुट्दै गइरहेका छन्।

समाजका नजिक भएका व्यक्तिले बदमासी गर्यो भने पनि हामीलाई के मतलव भन्ने गरेको पाइन्छ। कसैको मतलव नर्गदा धेरै मानिसले एक्लोपनको महशुस गर्छन्। विस्तारै कुलतमा फस्छन। यसमा परिवारले पनि आफ्नो छोराछोरीले के गरेको छन् कस्तो संगत गर्दै छन् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ।

परिवारको साथ सबैभन्दा महत्वपूर्ण
दुर्व्यसनीमा फसेको थाहा पाएपछि सुरुमा उनीहरुसँग सम्पर्कमा रहिरहनुपर्छ। उनीहरु डराएर, लुकेर खाइरहेका हुन्छन्। कतिपयलाई छोड्न लागे पनि उनीहरु एक्लै आइरहेका हुन्छन। घरपरिवारको डरले कसैलाई ल्याउन चाहदैनन्। यसैले बच्चा र परिवारको बीचमा राम्रो सबन्ध हुनुपर्छ।

कसैले चुरोट खाएर आयो भनेपनि आज मेलै चुरोट खाए है भन्ने स्थिति छ भने तपाईंले आफ्नो छोराछोरीलाई त्यति बेलानै रोक्न सकिन्छ। परिवारले छोराछोरीलाई दबाएर राख्नुहुन्छ भने उनीहरुले आफ्नो समस्या परिवारलाई कहिले भन्न सक्दैनन्।

परिवारले छोराछोरीलाई हामी छौं भनेर हरेक कुरामा साथ दिनुपर्छ। छोराछोरीसँग हरेक कुरा सेयर गर्ने गर्नुपर्छ। साथीको व्यवहार छोराछोरीमा गरियो भने समस्या कम आउँछ।

सुधारगृहको आवश्यकता
सुधारगृहमा राख्नु राम्रो हो। तर नेपालमा भएका सुधारगृह व्यवस्थित छैनन्। कतिपय सुधारगृहमा साइक्याट्रीक, साइकोलोजीष्ट अथवा मनोविद पनि छन् भने कतिपयमा छैनन्। हामीले सुधारगृहलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा प्रयास गर्नुपर्छ।

हरेक सुधारगृहमा साइक्याट्रीक, साइकोलोजीष्ट अथवा मनोविद राख्न सकियो भने बिरामी आएपछि डायग्नोसिक पनि हुन्छ। काउन्सिलिङ हुन्छ। कसैले म पनि पहिले कुलतमा फसेको थिए। अहिले मान्छे राखेर उपचार गरिरहेको छु, मैलै छोडे जसरी उनीहरुले पनि छोड्छन् भन्ने कुरा अरुलाई लागु नहुन सक्छ। जहिले पनि हामीले साइन्टिफक वे मा उपचार गर्नुपर्छ। सुधारगृहमा जानु भन्दा पहिले डाक्टरको सल्लाह लिनुपर्छ।

हामीले कसरी सहयोग गर्ने
कतिपय बाबुआमाले उपचार भन्दा पनि उम्किनको लागि सुधारगृहमा लगेर राखिदिनुहुन्छ। त्यहाँ लगेर हामीले सुर्धेर आउछ भन्ने सोच्छौ। तर, त्यहाँबाट निस्केपछि पनि झन् तनाव बढेर कुलतमा फेरि फस्छ। सुधारगृहमा बस्दैमा ठिक हुन्छ भन्ने हुँदैन। व्यक्ति आफैंको चाहनासँगै परिवारले पनि उत्तिकै ध्यान दिनुपर्छ।

लागुऔषधबाट बच्न र बचाउन
अहिले सामान्यतया ७ कक्षादेखि १० कक्षामा पढ्दा देखिनै चुरोटको लत लागिसकेको हुन्छ, तर, बाबुआमालाई थाहा हुँदैन। सानै उमेरबाट नै छोराछोरीलाई विभिन्न जनचेतनामुलक शिक्षाका कार्यक्रममा सहभागी गराउनुपर्छ। जसले गर्दा सानैदेखि मैले यो खानुहुँदैन भन्ने भावना उनीहरुमा आओस र कुलतमा नफसुन।

सुधारगृहमा लगेर कुलतमा लाग्यौ भने यसरी बस्नुपर्छ, खानुहुँदैन है भनेर सम्झाउनु पर्छ। आफनो धर्म संस्कृतिमा खान मिल्छ भनेर धेरै खानुहुँदैन, पछि थोरै खाँदाखाँदै बानी पर्नसक्छ। त्यसैले कुलतमा फस्नु भन्दा पहिलेनै मेरो छोराछोरीको दैनिकी कस्तो छ ? के गरिरहेको छ ? भनेर विशेष ध्यान दिनुपर्छ।

(न्युरो मनोचिकित्सक डा.प्रदीप पाण्डेसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ४० बजे

आज २०८१ साल असोज ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ७ गते सोमबार तदनुसार

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ