२ हजार ३१७ सवारी चालकमाथि कारबाही | Khabarhub Khabarhub

२ हजार ३१७ सवारी चालकमाथि कारबाही


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले एकै दिन काठमाडौँ उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, मदिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लङ्घन गर्ने १०७ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तीव्र गतिमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ५१ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र