नाम मात्रको जितपुरको प्रसूति गृह, जहाँ बस्ने ठाउँसमेत छैन « Khabarhub

नाम मात्रको जितपुरको प्रसूति गृह, जहाँ बस्ने ठाउँसमेत छैन


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।

प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन। त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभाव छ ।

जितपुरकी फातिमा खातुनले गर्भवती महिलाहरूको निदान गर्न गृहमा भिडियो एक्सरेको सुविधा नहुँदा वीरगन्ज धाउनुपर्ने अवस्था रहेको बताइन् । प्रसूति गृहमा दैनिक २५ जनाभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्य परीक्षण गराउन आउने गराएको स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् ।

घनावस्ती र पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मध्ये भागमा पर्ने सो प्रसूति गृहमा जितपुरसिमरा उपमहानगरपालिका तथा पर्साको पर्सागढी र वीरगन्ज महानगरपालिकाका केही वडाका गर्भवती महिलाहरूसमेत प्रसूति सेवा लिन आउने गरेका छन् ।

तर, आवश्यक उपकरण र सेवा उपलब्ध नहुँदा स्थानीय महिलाहरूले पीडा व्यहोर्नु परेको जितपुरसिमरा उपमहानगरपालिका हरपुरकी सल्या खातुनले बताइन् । गर्भवती सेवा लिन गत ५ फागुनमा जितपुरको प्रसूति गृह पुगेकी खातुनले तत्काल सेवा नपाउँदा पेटको बच्चा खेर गएको जानकारी बताइन्।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ०६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।