नाम मात्रको जितपुरको प्रसूति गृह, जहाँ बस्ने ठाउँसमेत छैन « Khabarhub

नाम मात्रको जितपुरको प्रसूति गृह, जहाँ बस्ने ठाउँसमेत छैन


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।

प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबको समेत व्यवस्था छैन। त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयको समेत अभाव छ ।

जितपुरकी फातिमा खातुनले गर्भवती महिलाहरूको निदान गर्न गृहमा भिडियो एक्सरेको सुविधा नहुँदा वीरगन्ज धाउनुपर्ने अवस्था रहेको बताइन् । प्रसूति गृहमा दैनिक २५ जनाभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्य परीक्षण गराउन आउने गराएको स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् ।

घनावस्ती र पथलैया–वीरगन्ज औद्योगिक करिडोरको मध्ये भागमा पर्ने सो प्रसूति गृहमा जितपुरसिमरा उपमहानगरपालिका तथा पर्साको पर्सागढी र वीरगन्ज महानगरपालिकाका केही वडाका गर्भवती महिलाहरूसमेत प्रसूति सेवा लिन आउने गरेका छन् ।

तर, आवश्यक उपकरण र सेवा उपलब्ध नहुँदा स्थानीय महिलाहरूले पीडा व्यहोर्नु परेको जितपुरसिमरा उपमहानगरपालिका हरपुरकी सल्या खातुनले बताइन् । गर्भवती सेवा लिन गत ५ फागुनमा जितपुरको प्रसूति गृह पुगेकी खातुनले तत्काल सेवा नपाउँदा पेटको बच्चा खेर गएको जानकारी बताइन्।

-न्युज कारखानाबाट

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका