भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित « Khabarhub

भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए ।

हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो ।

पछिल्लो एक दिनमा १३ हजार २९ जना कोरोनामुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ४ करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.५९ प्रतिशत रहेको छ ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ७७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ०६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।