बिमितको उपचार नियमित गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह | Khabarhub Khabarhub

बिमितको उपचार नियमित गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बिमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बिमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका छन् । ‘परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने व्यहोरा अवगत गराउँदै बिमितलाई नियमित स्वास्थ्योपचार प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

बीमा बोर्डले बिमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बिमितको उपचार नगर्ने घोषणा गरेका थिए । उनले  स्वास्थ्य बीमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बीमा कोष स्थापना भई बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बिमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ । उनले आव २०७८/०७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ सङ्ख्या र चालु आवमा ३३ लाख ७५ हजार ८३७ बिमित सङ्ख्या गरी कूल ५२ लाख ८४ हजार ८९४ बिमित बिरामीको दाबी परीक्षण गरी रु आठ अर्ब १३ करोड भुक्तानी गरिसकेको जानकारी दिए ।

बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब हुने गएको उनको भनाइ रहेको छ । उनले आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अपनाइ परीक्षण गर्ने तयारी भइरहेको बताए । 

अहिलेसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । प्रतिपरिवार रु तीन हजार ५०० तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बीमा कार्यक्रममा दिइने गरिन्छ । हाल सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजार सङ्ख्यामा दाबी गरिरहेका छन् । देशभरिमा ४५० वटा स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १ : ३७ बजे

म्याग्दीमा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना

म्याग्दी– जिल्लामा विद्युत् वितरण प्रणाली सुदृढीकरण योजना सञ्चालनका लागि नेपाल

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि

गाजामा भयावह अनिकाल र कुपोषण, चिकित्सक भन्छन्- म पनि पिठो खोज्दैछु

चेतावनी : यसमा उल्लेखित विवरण र तस्बिरहरूले विचलित बनाउन सक्छन् ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरको साधारणसभा भदौ ३१ गते 

काठमाडौं– हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले साधारणसभा डाकेको छ । बैंकरको