वालिङमा व्यावसायिक ड्रागनखेती सुरु | Khabarhub Khabarhub

वालिङमा व्यावसायिक ड्रागनखेती सुरु


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वालिङ- स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिक रुपमा ड्रागन खेती थालेका हुन् ।

ढुङ्गानाले ८० रोपनी जमिन भाडामा लिएर सुरुमा चार हजार बिरुवाबाट व्यवसाय थालेका हुन्। यस क्षेत्रकै नयाँ र नौलो व्यवसायको थालनी उनले युट्युबको सहायतामा अगाडि बढेका हुन्।

“युट्युब हेर्दै जाँदा ड्रागन खेतीका बारेमा देखेपछि यस क्षेत्रमै नयाँ र सम्भावना देखेकाले व्यावसायिकी करण थालनी गर्ने सोच बनाएँ”, उनले भने , “सुरुमा जमिन भाडामा लिएर सम्याउने काम सकिएसँगै चार हजार बिरुवा लगाएर सुरुआत गरेको हुँ ।” ८० रोपनी जमिनमा ३० हजार ड्रागनका बिरुवा लगाउने योजना उनको छ । तीस हजार बिरुवाका लागि उनले १० हजार सिमेन्टका खम्बा निर्माण गरेका छन् भने प्रत्येक खम्बामा तीन/चार वटा बिरुवा लगाउने तयारीमा छन्।

सिँचाइका लागि पर्याप्त पानीको आवश्यकता नपर्ने, हावापानी र माटो ड्रागन खेतीका लागि उपयुक्त भएकाले हालसम्म लगाएको बिरुवा राम्रो हुँदै गएको उनले बताए।

“वीरगञ्ज, विराटनगरबाट बेर्ना तथा बीउ ल्याएर लगाएको हुँ”, उनले भने, “अहिले राम्रो हुँदै गएकाले अझै बिरुवा थप्दै विस्तार गर्दै जाने तयारीमा छु ।” नयाँ र नौलो फल हुनुका साथै यसको माग पनि बढ्दै गएकाले उत्पादित वस्तुको बजारीकरणमा समस्या नहुने उनको धारणा छ ।

एक पटक रोपेपछि वर्षौँसम्म पनि फल दिने भएकाले पनि यो खेती सजिलो र पछिल्लो समय व्यावसायिकीकरण गरिँदै गएको छ । फल र स्वाद दुवै स्थानीयका लागि नौलो भएकाले पनि उत्पादन गर्न सकेमा उत्पादन भएको ठाउँबाट नै बिक्री हुनसक्ने उनी बताउँछन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ०६ बजे

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू

काठमाडौं– प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग

बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल

पुटिनसँग डराउँदै ईयू, कूटनीतिज्ञले भने – हामी जोगिनुपर्छ

एजेन्सी – छिमेकी मुलुक युक्रेनमा अतिक्रमण युद्ध लडिरहेको रूससँग यूरोपेली