विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  « Khabarhub

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना मृत अवस्थामा फेला परेका छन् । 

पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित सोही महानगरपालिका–४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । झापाको गौरदह नगरपालिका–९ बैगुनधुरा बस्नेत टोल बस्ने ४१ वर्षीय बुद्धराम हेमरन आफ्नै घर नजिकै रहेको बाटो छेउको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

काभ्रेको पनौती नगरपालिका–६ पुण्यमाता खोलामा सोही नगरपालिका–४ ठाडो बाटो बस्ने ८१ वर्षीय विष्णु बहादुर कार्की भन्ने अर्जुन कार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका–३ मानखोलास्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ०७ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी