विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला  « Khabarhub

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना मृत अवस्थामा फेला परेका छन् । 

पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित सोही महानगरपालिका–४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । झापाको गौरदह नगरपालिका–९ बैगुनधुरा बस्नेत टोल बस्ने ४१ वर्षीय बुद्धराम हेमरन आफ्नै घर नजिकै रहेको बाटो छेउको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

काभ्रेको पनौती नगरपालिका–६ पुण्यमाता खोलामा सोही नगरपालिका–४ ठाडो बाटो बस्ने ८१ वर्षीय विष्णु बहादुर कार्की भन्ने अर्जुन कार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका–३ मानखोलास्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  २ : ०७ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास