रुसमा सैनिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

रुसमा सैनिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो ।

परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ ।

जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् । त्यसैक्रममा विमान दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाको ज्यान गएको सैनिक अधिकारीले जानकारी दिएका हुन् ।

सो दुर्घटनामा परेर घाइते भएका उडान दलका ५ जना सदस्यहरुलाई अस्पताल पुर्‍याइएको रुसी समाचार संस्था रियालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार रियाजान सहरबाट उडेको केही समयमै जहाज बजार छेउको एक राजमार्गमा परेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : १८ बजे

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा