युक्रेनमा जारी युद्ध पाँचौ महिनामा प्रवेश « Khabarhub

युक्रेनमा जारी युद्ध पाँचौ महिनामा प्रवेश


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमा जारी युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । युक्रेनमा आक्रमण जारी रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश्चित बनेको युक्रेनको राजनीतिक भविष्यमा आशाका केही किरण देखिएका छन् ।

औपचारिक रूपमा युरोपेली सङ्घको सदस्य बन्ने युक्रेनको चाहना स्वीकृत भएको छ । यद्यपि उसलाई सङ्घको पूर्ण सदस्यता हासिल गर्न एक दशकभन्दा बढी समय लाग्नेछ । सङ्घमा युक्रेनको उम्मेदवारी स्वीकृत भएसँगै युद्धग्रस्त राष्ट्रको मनोबल पनि बढेको छ ।

रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटाकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ युक्रेनी भूमि कब्जाका निम्ति नभएको बताएका छन् ।

सत्ताइस सदस्यीय सङ्घमा युक्रेनको प्रवेशलाई लिएर युरोपेली नेताहरूले युक्रेनी जनता युरोपेली परिवारको सदस्य भएका बताएका छन् । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोपलाई आर्थिक समस्याबाट जोगाउन रूसमाथि अब थप प्रतिबन्ध आवश्यक नभएको बताएका छन् । रूसबाट ग्यास आपूर्तिमा कटौती हुँदा धेरै युरोपेली देश प्रभावित भएका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : २० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब