तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ « Khabarhub

तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन रुलिङ गरेका हुन् ।

‘संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रूपमा संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरूको जिम्मेवारी हो ।

लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जबाफदेहिताको विशेष महत्त्व हुन्छ,’ मन्त्रीहरूलाई रुलिङ गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘तसर्थ म नेपाल सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जबाफदेही बन्न रुलिङ गर्दछु ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ५० बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६