तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ « Khabarhub

तोकिएकै समयमा बैठकमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभाका अध्यक्षको रुलिङ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको बैठकमा समयमै उपस्थित हुन मन्त्रीहरूलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको सुरुमै अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई समयमै बैठकमा उपस्थित हुन रुलिङ गरेका हुन् ।

‘संविधानले सरकारका मन्त्रीहरूलाई सामूहिक र व्यक्तिगत रूपमा संघीय संसद्प्रति उत्तरदायी हुने व्यवस्था गरेको छ । सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अघि बढाउन मद्दत गर्नु, सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीहरूको जिम्मेवारी हो ।

लोकतान्त्रिक प्रणालीमा सार्वजनिक जबाफदेहिताको विशेष महत्त्व हुन्छ,’ मन्त्रीहरूलाई रुलिङ गर्दै अध्यक्ष तिमिल्सिनाले भने, ‘तसर्थ म नेपाल सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठिक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जबाफदेही बन्न रुलिङ गर्दछु ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ३ : ५० बजे

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय