शमशेरा ट्रेलर : दोहोरो भूमिकामा रणवीर « Khabarhub

शमशेरा ट्रेलर : दोहोरो भूमिकामा रणवीर


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता रणवीर कपूर फिल्म ’सञ्जु’ पश्चात पर्दामा देखिएका छैनन् । यद्यपि यसै वर्ष उनको दुई प्रतीक्षित फिल्म शमशेरा र ब्रह्मास्त्र रिलिज हुँदैछ । हालै उनको दुवै फिल्मको ट्रेलर समेत सार्वजनिक गरियो ।

दुवै फिल्मको ट्रेलर पश्चात रणवीर पुनः मिडियामा छाएका छन् । ब्रह्मास्त्रमा सामान्य गेटअपमा देखिएका रणवीर शमशेरामा भने नयाँ लुक्समा छन् ।

दास हुँदै नेता बनेको एक योद्धाको कथामा आधारित फिल्ममा रणवीर दोहोरो भूमिकामा देखिएका छन् । सार्वजनिक ट्रेलरमा स्वतन्त्रताका लागि रणवीरले गरेको संघर्ष र खलपात्रको भूमिकामा देखिएका सञ्जय दत्तसँगको द्वन्द्वलाई समेटिएको छ ।

यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्मले स्वतन्त्रताको कथा प्रस्तुत गर्छ । फिल्मका निर्देशक करण मलहोत्रा हुन् । फिल्ममा रणवीरले दुई पुस्ताको नेतृत्व गरेका छन् । यसमा उनको चुलबुलेसँगै गम्भीर स्वभावलाई समेत चित्रण गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ४ : ३२ बजे

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली