टीकापुर नगरपालिकाको बजेट ८५ करोड « Khabarhub

टीकापुर नगरपालिकाको बजेट ८५ करोड


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११औं नगरसभामा बैठकमा नगर उपप्रमुख खड्कबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, सम्पूरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ ।

नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्ट्रेसन ३ करोड ७५ लाख, बचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : २८ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न