पुष्प र श्रद्धा भन्छन्,’हामीले क्यारेक्टर बच्ने कोसिस गरेका छौँ’  « Khabarhub

पुष्प र श्रद्धा भन्छन्,’हामीले क्यारेक्टर बच्ने कोसिस गरेका छौँ’ 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘कृष्ण लीला’ मा समावेश ए मेरो हजुर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । फिल्ममा यी दुईले कृष्ण र लीलाको भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेममा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो ।

सार्वजनिक गीतमा रवि ओड र सुनिता कार्कीको स्वर रहेको छ । यसमा संगीत बाबुल गिरीको रहेको छ भने शब्द डाक्टर धर्मराज उपाध्यायले कोरेका हुन् । म्युजिक भिडियोको रूपमा छायांकन गरिएको गीतलाई फिल्मसँग मिल्ने भएकाले समावेश गरिएको हो ।

गीतलाई फिल्ममा सुहाउने किसिमले फिट गरिएको निर्देशक दीपक वलीले बताए । ‘यो कृष्णले म यस्तो भए हुन्थ्यो भनेर इम्याजिन गर्ने गीत हो । त्यसैले यसले हाम्रो कथालाई असर गर्दैन’ निर्देशक वलीले भने । अभिनेता पुष्पले पनि आफूले अटिजम पीडित क्यारेक्टरको भूमिका निर्वाह गरेको बताए । ‘फिल्मको क्यारेक्टर अन्यसँग मेल खाँदैन । तर, अटिजम हुँदा त्यो कोही मिल गयाको ऋतिक , बर्फीको प्रियंका चोपडा झैँ देखिएला यद्यपि यो फरक छ । फिल्म हेरेपछि दर्शकले अझैँ बुझ्नु हुनेछ’ पुष्पले भने ।

अभिनेत्री श्रद्धाले पनि फिल्ममा आफ्नो क्यारेक्टर दुई किसिमको रहेको बताइन । ‘मैले यसमा लीलाको क्यारेक्टर प्ले गरेकी छु । मेरो क्यारेक्टरमा विविधता पाउनु हुनेछ’ उनले भनिन् । निर्माता रत्न श्रेष्ठ आफ्नो कर्म नै फिल्मसँग जोडिएकोले निर्माता बनेको बताए । फिल्ममा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीको पनि अभिनय रहेको छ ।फिल्ममा प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् ।

 फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको गीत सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी , निर्देशक नवल नेपाल , कलाकार भोलाराज सापकोटा , निर्देशक नरेश पौडेल , वितरक गोपाल काजी कायस्थ , निर्मात्री शर्मिला पाण्डे , निर्मात्री पुनम गौतम , निर्देशक प्रदीप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : १८ बजे

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

जनकपुरधाम– मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद

कास्की अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बीमा

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई