जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

जनताका समस्या छिटो समाधान गर्नुपर्छ : मन्त्री श्रेष्ठ


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको समस्यालाई सक्दो छिटो समाधान गरी स्थानीय सरकार भएको अनुभूति दिलाउन काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् । कामपाको ११ औँ नगरसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिले जनताको मन जित्ने गरी नयाँ ढङ्गले काम गर्नेमा आफू ढुक्क रहेको बताए।

काठमाडौँ उपत्यका सांस्कृतिक सम्पदाको प्रतीक रहेकाले त्यसको संरक्षणमा अभिभावकत्व गर्नु कामपाको दायित्व भएको उल्लेख गर्दै उनले भने, “देशको ठूलो र मुख्य कामपा रहेकाले अन्य स्थानीय तहलाई प्रेरणा मिल्ने गरी काम गर्नुपर्छ ।” युवा जोशले मात्र विकास नहुने भन्दै उनले जोशमा होस पुर्याएर समय सुहाउँदो र आवश्यकतानुसार जनतासँग सरोकार राख्ने विकासका काम गर्न मन्त्री श्रेष्ठले नगरसभाका सबै सदस्यलाई आग्रह गरे।

कामपा उपप्रमुख सुनीता डङ्गोलले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब बढीको बजेट प्रस्तुत गरेकी थिइन् । आज प्रस्तुत भएको बजेट माथि यही असार १७ गते शुक्रबार छलफल हुने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ३० बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय