राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्वारा उद्घाटन « Khabarhub

राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्वारा उद्घाटन


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गरेका छन् ।

तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह गरे। प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ट प्रदशर्नकालागि सम्पूर्ण खेलाडीहरूलाई शुभकामना समेत दिए।

नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ५६ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय