‘म’ को ट्रेलर सहरका डिजिटल स्क्रिनमा  « Khabarhub

‘म’ को ट्रेलर सहरका डिजिटल स्क्रिनमा 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आमदर्शकसम्म फिल्मको प्रचारप्रसार गर्न फिल्म ‘म’ ले दर्शकमाझ ट्रेलर देखाउने अभियान सुरु गरेको छ। जसका लागि काठमाडौँका मुख्य चोकमा व्यावसायिक प्रयोजनका लागि राखिएका ठूला डिजिटल स्क्रिनमा ट्रेलर नियमित रुपमा प्रसारण गरिरहेको छ ।

फिल्मको ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका स्क्रिनमा प्रसारण भइरहेको हो ।

निर्देशक सूवर्ण थापाले काठमाडौँका मुख्य चोकमा दैनिक लाखौँ यात्रु जाममा पर्नुपर्ने बाध्यता भइरहँदा त्यो जामको समयमा फिल्मको ट्रेलर हेर्न सकुन् भनेर डिजिटल स्क्रिनमा ट्रेलर देखाइन थालिएको बताए ।

‘हलसम्म नजाने र युट्युबमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने भएकाले यो मार्केटिङ रणनीति अपनाइएको हो’, उनले भने । साउन २० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारप्रसारको शैलीलाई डिजिटल बनाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्मका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सबिन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सञ्जोग रसाइली र पुनम श्रेष्ठको अभिनय छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ४७ बजे

आज २०८२ साल चैत १५ गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १५ गते आइतबार चैत

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट