विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव | Khabarhub Khabarhub

विकासका लागि मन्त्रालय बाधक बन्दैन : मन्त्री यादव


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- वन तथा वातावरण मन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भरतपुरको विकाससम्बन्धी बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले वनका कारण रोकिएका विकासका आयोजना अघि बढाइने बताए।

महानगरपालिकाभित्र वन क्षेत्रका कारण धेरै आयोजना रोकिएपछि गरिएको बहस कार्यक्रममा मन्त्री यादवले आफू विकास प्रेमी भएकाले वनकै कारण विकासका काम नरोकिने बताए। उनले भने, “समस्या परेका ठाउँमा हामी स्थलगत निरीक्षण गरेर समाधानको उपाय खोज्ने अभियानमा जुटेका छौँ ।” विकल्प खोजेर विकासका कामलाई अघि बढाइने उनको भनाइ थियो ।

भरतपुर–माडी हुँदै ठोरीसम्म जाने हुलाकी सडक लाइफलाइन भएकाले यसको कामलाई रोक्न नहुने उनको भनाइ थियो । आफू पर्साको जनप्रतिनिधि भएकाले यो सडक निर्माणको दायित्व आफ्नो काँधमा रहेको बताए।

उनले भने, “हुलाकी सडकमा परेका समस्या समाधानका लागि वन मन्त्रालय आवश्यक निर्णय लिने अन्तिम तयारीमा छ ।” कागजमा हेरेर मात्रै नहुने भन्दै उनले स्थलगत निरीक्षणपछि प्रक्रिया पुर्‍याएर निर्णय गर्न सकिने बताए। भरतपुर महानगरभित्र लालपुर्जा वितरणसहित देखिएका विभिन्न समस्या समाधान गर्न टोली खटाएर निर्णय गर्ने पनि उनको भनाइ थियो ।

भरतपुर महानगर अबको पाँच वर्षमा देशकै नमूना बन्ने गरी विकासको काम भइरहेको आफूले पाएको भन्दै मन्त्री यादवले वन मन्त्रालय यसको बाधक नभएर सहयोगी बन्ने बताए। नगर प्रमुख रेनु दाहालले महानगरीय रिङ्रोड, नारायणीको तटबन्धन, ल्याण्डफिल्ड साइट, अटोल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा, गोलाघाट–नवलपरासी जोड्ने पुल निर्माण लगायतका क्षेत्रमा रुख कटानमा समस्या देखिएको बताए । यस्तै सुकुम्बासीको जग्गा वितरण, यातायात कार्यालय स्थापनालगायतका काममा वनका कारण भएका समस्या समाधान गरिदिन उनले अनुरोध गरे।

यस्तै नगर बनलाई अन्तर्राष्ट्रिय पार्कको रूपमा विकास गर्न लगानी कर्तासँग सम्झौता भइसक्दासमेत वनका कारण अवरोध भएको भन्दै यसको निकासका लागि आग्रह गरे। सोही अवसरमा वन सचिव डा प्रेमनारायण कँडेलले वनका कारण देखिएका समस्या मन्त्रीस्तर, मन्त्री परिषद् र संसद्मा नै लानुपर्ने भए पनि आवश्यक प्रक्रिया पूरा गरेर लैजान मन्त्रालय तयार रहेको बताए।

मन्त्री यादवसहितको टोलीले शनिबार माडीमा वनका कारण देखिएका समस्याका बारेमा स्थलगत निरीक्षण गरेको थियो । हुलाकी सडकमा वनका कारण देखिएका समस्याका बारेमा हुलाकी सडक आयोजना निर्देशनालयका आयोजना निर्देशक धर्मेन्द्र झाले जानकारी गराएका थिए।

जिल्लाका दलिय प्रतिनिधि, स्थानीय निकायका प्रमुखसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी समस्याका बारेमा अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए । यससँगै नगर प्रमुख दाहालको आग्रहमा मन्त्री यादवको टोली स्थलगत रूपमा निरीक्षण गर्न शनिबार चितवन आएको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  २ : १८ बजे

ओली भन्छन्- यो वर्ष प्रधानमन्त्री बन्छुजस्तो लाग्दैन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष

उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित

एजेन्सी– भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको संकेतभन्दा माथि बगेपछि

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

काठमाडौं– नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट 

काठमाडौं– एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन्

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा