व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान « Khabarhub

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको बताएका छन्।

ऊर्जामन्त्रीसमेत रहेका घिसिङले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। उनले भनेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’

यो एकीकरणले देशलाई निकास दिने उनको विश्वास छ। उज्यालो अभियानलाई अझ सशक्त बनाउन जस्तै निरन्तर साथ र सहयोग रहने विश्वास उनले व्यक्त गरेका छन्।

उनले थप लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’

सोमबार साझ रास्वपा सभापति रवि लामिछाने र कुलशमानले पार्टी एकीकरणको सहमति गरेका हुन्। यो सहमतिको साक्षी बालेन्द्र साह बनेका छन्।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली