सांसदद्वारा कोभिडका विषयमा श्वेतपत्र जारी गर्न माग | Khabarhub Khabarhub

सांसदद्वारा कोभिडका विषयमा श्वेतपत्र जारी गर्न माग


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेतपत्र जारी गर्न माग गरेकी छिन् । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरिन् । उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरिन्।

उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन्। बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताइन् ।

विशेष समयमा सांसद भीमबहादुर रावलले एक महिनाअघि स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने सरकारको निर्णय कार्यान्वयनका सन्दर्भमा सभामुखबाट दिइएको निर्देशन पनि सरकारले नसुनेको बताए। उनले तत्काल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले गोरखा भर्तीसम्बन्धी सन्धिका असमानता हटाउन पहल गरी देश र जनताको हितमा ध्यान दिइ सरकारलाई आग्रह गरे।

सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न ध्यानाकर्षण गराए। बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माणकार्य उतारचढावका बीच अहिले अलपत्र अवस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरे ।

सांसद रामबाबु यादवले पीडित किसानका लागि राज्य उदासीन भएको बताए। उनले किसान मल मागिरहेको तर राज्यले मल दिन नसक्नु दुखद भएको बताए। साउन दोस्रो हप्ता आउँदा पनि पानी नपरेर कृषि कर्ममा लागेका किसान छटपटाइरहेका र रोपेका धान खेत सुक्न थालेको बताए।

सांसद हृदयेश त्रिपाठीले अर्थतन्त्रको अवस्था कमजोर हुँदै आएको बताए। मल नपाउँदा उत्पादनमा कमी आउने देखिएकाले गार्हस्थ्य उत्पादनमा ध्यान दिन आग्रह गरे। सांसद अतहर कलाम मुसलमानले नागरिकता विधेयकका सम्बन्धमा अभिव्यक्ति दिँदा सचेत हुनुपर्नेमा जोड दिए । राष्ट्रहितमा नागरिकता विधेयक अघि बढेको पनि उनले बताए ।

सांसद दिलकुमारीले रौतहटमा दाइजोका कारण बिहे भएको २७ दिनमा नै महिलाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरिन्। सांसद गङ्गा चौधरीले सीमा सुरक्षामा सरकारको ध्यान नपुगेको बताइन्।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ३ : ०९ बजे

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक 

रूकुम – हिउँ कसैको लागि रहर छ भने कसैको लागि

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं– दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र