इजरायली गुप्तचर संस्था मोसादका सदस्यलाई पक्राउ गरेको इरानको दाबी « Khabarhub

इजरायली गुप्तचर संस्था मोसादका सदस्यलाई पक्राउ गरेको इरानको दाबी


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले इजरायलको जासुसी सञ्जालका सदस्यलाई पक्राउ गरेको दाबी गरेको छ । इरानी सुरक्षा बलले देशमा रहेको इजरायली जासुसी सञ्जालका सबै सदस्यलाई पक्राउ गरेको सकारी समाचार निकाय इर्नाले जनाएको हो ।

इजरायली जासुसी सञ्जालका सदस्यहरूलाई इरानमा आतङ्कवादी कारवाही सञ्चालन गर्न पठाइएको भएपनि कुनै पनि आतङ्क वा विध्वंसात्मक गतिविधि गर्नुअघि नै उनीहरूलाई पक्राउ गरिएको इरानी गुप्तचर मन्त्रालयको एक विज्ञप्तिमा जनाइएको छ ।

इराकको कुर्दिस्तान क्षेत्रबाट इरान प्रवेश गरेका सञ्जाल सदस्यहरू छिमेकी राज्यमार्फत इजरायली गुप्तचर संस्था मोसादसँग सम्पर्कमा रहेका तथा उनीहरूले अत्याधुनिक उपकरण र शक्तिशाली विस्फोटक पदार्थ बोकेका विज्ञप्तिमा उल्लेख छ ।

मोसादका गतिविधिको निरीक्षण, निगरानी एवम् सञ्चालन गर्ने इजरायली प्रधानमन्त्रीको कार्यालयले आफ्ना सदस्य इरानमा पक्राउ परेका सम्बन्धमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन