रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ « Khabarhub

रुपन्देहीको कल सेन्टरमा प्रहरीको छापा, डेढ सय युवायुवती पक्राउ


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- प्रहरीले रुपन्देहीको एक कल सेन्टरमा छापा मारी डेढ सय युवायुवतीलाई पक्राउ गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेको हो ।

ठगी गरेको आरोपमा प्रहरीले छापा मारेर कल सेन्टरका सात जना सञ्चालक सहित डेढ सय युवा युवतीलाई पक्राउ गरेको छ ।

तिलोत्तमाको जानकी नगरस्थित भवनमा तीन वटा फ्ल्याट भाडामा लिई कल सेन्टर सञ्चालन गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कार्यालय नै राखेर सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

विदेशी नागरिकको लगानीमा खोलिएको यस कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

पक्राउ पर्ने युवायुवतीहरू भने कार्यालयका कर्मचारी मात्रै हुन् । उनीहरूले आफूहरू जब लिंक भन्ने संस्थामार्फत यहाँ काममा आएको बताएका छन् । सो कल सेन्टरमा अवैध काम हुने गरेको सूचनाका आधारमा छापा मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : १८ बजे

बहुमतसम्म पुग्न कांग्रेसको चुनावी योजना : अबकी बार सय पार

कास्की- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को चुनावमा

इस्लामावादको मस्जिदमा आत्मघाती बम हमला

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती बम हमला भएको छ ।

समानुपातिक बन्दसूची : युवा महिला र प्रौढमा पुरुष उम्मेदवार बढी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन,  समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८०

निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु

चितवन– विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन

सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष

वालिङ– एक महिलाले विगत सात वर्षदेखि निरन्तर रुपमा सडकमा हिँड्ने