जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ  « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ र दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गणेश विश्वकर्मा सहित ४ जना छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई एक बुक तास र नगद ३० हजार ६ सय ३० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित नारायण प्रसाद अधिकारीको घरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय शिव पुन समेत ८ जना छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ३ बुक तास र नगद ८५ हजार २ सय ८० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ४५ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा