जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ  « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ र दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गणेश विश्वकर्मा सहित ४ जना छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई एक बुक तास र नगद ३० हजार ६ सय ३० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित नारायण प्रसाद अधिकारीको घरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३१ वर्षीय शिव पुन समेत ८ जना छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई ३ बुक तास र नगद ८५ हजार २ सय ८० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ४ : ४५ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना