एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता « Khabarhub

एक वर्षमा ३०९ वटा नयाँ उद्योग दर्ता


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा स्वदेशी र विदेशी लगानीमा सञ्चालन हुने गरी कूल ३०९ वटा नयाँ उद्योग दर्ता भएका छन् । योसँगै नेपालमा दर्ता भएका उद्योगको संख्या ८ हजार ७६४ पुगेको छ ।

उद्योग विभागका अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा ९१ वटा ठूला, १०८ वटा मझौला र ११० वटा साना रहेका छन् ।

गत वर्ष दर्ता भएको नयाँ उद्योगमा ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रस्ताव भएको विभागले जनाएको छ । नेपालमा हालसम्म दर्ता भएका उद्योगमा प्रस्तावित लगानी २६ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ ।

पछिल्लो एक वर्षमा दर्ता भएका नयाँ उद्योग सञ्चालनमा आएपछि २८ हजार ५२७ जनाले रोजगारी पाउने विभागले बताएको छ ।

गत वर्ष विदेशी लगानीमा मात्र २९५ वटा नयाँ उद्योग दर्ता भएका छन् । विदेशी लगानीमा दर्ता भएका नयाँ उद्योगमा ५ वटा ठूला, ७३ वटा मझौला र २१७ वटा साना रहेका छन् । ती उद्योगमा ५४ अर्ब १५ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरिएको छ । विदेशी लगानीमा दर्ता भएका उद्योगमा १६ हजार ९०५ जनाले रोजगारी पाउने जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा स्वदेशी र विदेशी लगानीमा २०३ वटा नयाँ उद्योग दर्ता भएका थिए । ती उद्योगमा १ खर्ब ५६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको थियो । यस वर्ष दर्ता भएका उद्योगमध्ये १८४ वटा विदेशी लगानीका रहेका थिए । ती उद्योगमा ३२ अर्ब ७ करोड विदेशी लगानी प्रस्ताव गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ७ : ५३ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख