बाँकेमा चुनावी चहलपहल सुरु « Khabarhub

बाँकेमा चुनावी चहलपहल सुरु


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सकेर निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनका अनुसार पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।

उक्त पार्टीका केन्द्रीय सचिव एवं भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमै एक चरणको निर्वाचन केन्द्रित कार्यक्रम गरिएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए। आसन्न निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेसले आन्तरिक तयारी गरिरहेको जिल्ला सभापति नारायण गौडेलले बताए। उनले अन्य दलसँग गठबन्धन भए पनि नभए पनि कांग्रेसले निर्वाचन केन्द्रित आफ्नो आन्तरिक तयारी गरेको उल्लेख गरे।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनावी अभियान सुरु गरेका छन् । बाँके क्षेत्र नं २ बाट स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र प्रदेशसभामा राजकुमार रौनियारले मङ्गलबारबाट चुनावी अभियान सुरु गरेका छन्।

समर्थकहरूको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर विधिवत् रूपमा आफ्नो चुनावी अभियानको सुरुआत भएको स्वतन्त्र उम्मेदवार खनालले जानकारी दिए । मङ्सिर ४ गते तय भएको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र– २ को प्रदेश ‘ख’ बाट अभियानकर्मी डा विनोद कर्णले पनि स्वतन्त्र उम्मेदवार घोषणा गरी चुनावी प्रचारप्रसारमा लागेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ०४ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको