११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात « Khabarhub

११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल विभिन्न देशबाट आयात गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको हो । 

गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  सो मूल्यमा ५ करोड २८ लाख ६६ हजार २७५ लीटर कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको छ । 

साउनमा ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँका कच्चा भटमास तेल, ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र १ अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा कच्चा भटमास, पाम र सनफ्‌लावर तेल अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, भारत, मलेसिया र युक्रेनबाट आउने गरेको छ । साउनमा नेपालमा सबैभन्दा बढी कच्चा भटमास र सनफ्‌लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट ४ अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

यस्तै, साउन महिनामा द्वन्द्वग्रस्त राष्ट्र युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको थियो । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  १ : ०६ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न