थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित « Khabarhub

थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री निलम्बित


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चालाई संवैधानिक अदालतले निलम्बन गरिदिएको छ । विपक्षी दलहरुले उनका विरुद्धमा सोमबार दायर गरेको मुद्धाका आधारमा अदालतले निलम्बन गर्ने फैसला गरेको हो ।

उनको कार्यकालका बारेमा विपक्षी दलहरुले मुद्धा दायर गरेपछि प्रधानमन्त्रीको कार्यकालका बारे अनिश्चितता उत्पन्न भएको थियो ।

विपक्षीले दिएको मुद्धा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । उनी थाइल्याण्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री छन् ।

उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएका थिए । सैन्य सहभागीता बढेपछि कानुन पनि त्यही अनुसार बनाउदै उनले निरंकुशता लादेको विपक्षीहरुको आरोप छ ।

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ को अगस्ट देखि नै गणना गर्नुपर्ने दाबी गरेका छन् भने प्रधानमन्त्री प्रयुत र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका छन् । त्यो भन्दा अगाडि उनी अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरुको तर्क छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ५ : ०६ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा