वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्न उचित हुँदैन : उप्रेती « Khabarhub

वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्न उचित हुँदैन : उप्रेती


८ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताएका छन्।

बुधबार काठमाडौँमा कार्यभार सम्हाल्दै उप्रेतीले वैदेशिक रोजगारका लागि गएकाहरूलाई सहज हुने गरी यस क्षेत्रलाई थप मर्यादित बनाइने बताएका हुन् ।

उनले देशको विकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सधैँका लागि वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने कुरा उचित नहुने बताए। उप्रेतीले कर्मचारी, राजनीतिक दलहरू र सरोकारवालाहरूलाई उदाहरणीय काम गरेर देखाउने र सबै कर्मचारीहरूको सहयोग आवश्यक रहेको धारणा राखे।

यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ६ : ३४ बजे

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् ।