सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पताल भर्ना « Khabarhub

सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पताल भर्ना


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएपछि किस्ट अस्पतालमा भर्ना भएका छन्।

पिसाबमा संक्रमण र डेंगु देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ।

कमजोर महसुस र खानामा अरुचि भएपछि जोशीको स्वास्थ्य परीक्षण गर्दा डेंगु पुष्टि भएको बताइएको छ। १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

अस्पतालबाट उनको निवासमा गएको टोलीले अस्पताल ल्याएर शुक्रबारै इमर्जेन्सीमा भर्ना गरेको हो। अस्पतालले उनलाई मेडिसिन, पल्मोनोलजी, युरोलजी, कार्डियोलजी, नेफ्रोलजीलगायत विभागका डाक्टरले संयुक्त परीक्षण गरेको जनाएको छ। हाल डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको जनाएको छ।

ललितपुरको किष्ट शिक्षण अस्पतालले जोशी र उनकी पत्नी राधादेवीको स्वास्थ्य उपचारको जिम्मेवारी वहन गर्दै आएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ५५ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय