सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पताल भर्ना « Khabarhub

सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण, अस्पताल भर्ना


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएपछि किस्ट अस्पतालमा भर्ना भएका छन्।

पिसाबमा संक्रमण र डेंगु देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको जनाएको छ।

कमजोर महसुस र खानामा अरुचि भएपछि जोशीको स्वास्थ्य परीक्षण गर्दा डेंगु पुष्टि भएको बताइएको छ। १०२ वर्षका जोशीमा पिसाब संक्रमणका साथै पुरानै छाती तथा मुटुको समस्या पनि रहेको अस्पतालले जनाएको छ।

अस्पतालबाट उनको निवासमा गएको टोलीले अस्पताल ल्याएर शुक्रबारै इमर्जेन्सीमा भर्ना गरेको हो। अस्पतालले उनलाई मेडिसिन, पल्मोनोलजी, युरोलजी, कार्डियोलजी, नेफ्रोलजीलगायत विभागका डाक्टरले संयुक्त परीक्षण गरेको जनाएको छ। हाल डराइहाल्नुपर्ने अवस्था नरहेको अस्पतालको जनाएको छ।

ललितपुरको किष्ट शिक्षण अस्पतालले जोशी र उनकी पत्नी राधादेवीको स्वास्थ्य उपचारको जिम्मेवारी वहन गर्दै आएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ५५ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर