सी चिन फिङका कमजोरी र चीनको बाटो | Khabarhub Khabarhub

सी चिन फिङका कमजोरी र चीनको बाटो



चिनियाँ कम्युनिष्ट पार्टीका एक पूर्व प्रभावशाली नेता तथा पार्टीको अनुशासनको कारबाही पश्चात निर्वासन जीवन बिताइरहेका काई झियाले चिनियाँ कम्युनिष्ट पार्टीको संरचनात्मक अवस्था, पार्टीभित्र कार्यकर्ताको मूल्याङ्कन प्रणाली र देशका वर्तमान राष्ट्रपति सी जिन फिङको राजनीतिक सफलताका बारेमा सूक्ष्म विश्लेषण गर्दै धेरै कुराको रहस्योद्घाटन गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ आफूलाई जतिसुकै सफल र शक्तिशाली चिनियाँ नेताको रुपमा र एउटा कुशल शासकको दाबी गरे पनि यथार्थमा उनको अहंकारले चीनलाई अप्रत्याशित खतराको संघारमापुर्याइरहेको उनले दाबी छ। धेरै समय भएको छैन जब उनले आफूलाई सपलताको शिखरमा पुर्याउन सकेकोमा आत्ममुग्ध थिए।

चिनियाँ कम्युनिष्ट पार्टीमा पनि आफ्नो वर्चस्व कायम गर्न उनी सफल भएका छन्। यहाँसम्मकी आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी र देशका महान नेता माओत्सेतुङको समकक्ष उभ्याउन उनी लागेको देखिन्छ। माओ भन्दा पनि शक्तिशाली बनाउन राष्ट्रपति पदको सिमालाई नै हटाउने काम गरेका छन्। अब तेस्रोपटक राष्ट्रपति बन्ने कुरामा शंका रहेन। कतिपयले त उनी बाँचुञ्जेलसम्म नै राष्ट्रपतिको पदमा रहने महत्वाकांक्षा पालेको आरोप पनि लगाइरहेका छन्।

सीले आफ्नो देशमा गरिबी कम भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा बढाउने काम आफूले गरेको दाबी पनि उनले गरेका छन्। चीनले प्रगतिको नयाँ उचाई हासिल गरेको उनी ठान्दछन्। कतिपय चिनियाँको निम्ति सीको बलियो रणनीति राष्ट्रिय पुनरुद्धारको स्वीकार्य मूल्य पनि थियो। बाह्य रुपमा सीलाई अहिले पनि यस कुरामा विश्वास रहेको छ। सन् २०२१ मा एउटा सम्बोधनमा उनले चीनलाई अजेय (अपराजित) घोषणा गरेका थिए। तर, उनको दाबी र शक्तिमाथि विश्वास नराख्ने चिनियाँहरु अहिले पनि परोक्षरुपमा उनको शक्तिमाथि प्रश्न उठाइरहेका छन्।

सामूहिक शासनको लामो चिनियाँ परम्परालाई परित्याग गरेर माओत्सेतुङलाई घेर्ने व्यक्तित्वको स्मरणलाई समेत पुनरावृत्ति हने गरी पार्टीको अदृश्य सूत्रलाई सूचिकृत गर्ने काम उनले गरेको आरोप छ। यसैबीच नीतिगत रुपमा नै गलत पाइला चालिएका कारण तिनका समर्थक पनि दुःखी र निराश हुँदै गएका छन्। सीको आर्थिक सुधारको असफलता, कोभिड–१९ महामारीप्रतिको हलुको र गैरजिम्मेवार प्रतिक्रियाले साधारण जनताका नायकको उनको छविलाई ध्वस्त पार्ने काम गरेको छ। यसको दुष्परिणाम भनेको सीसीपीको गुटमा आक्रोश बढ्दै जानु हो।

काइझिया आफ्नो निजी अनुभव र पीडालाई पोख्दै सीपीसीका कतिपय कमजोर पक्षको पनि उजागर गरेका छन्। करिब डेढ दशकसम्म सीपीसीको केन्द्रीय स्कुल विभागमा प्राध्यापकको रुपमा काम गरेका र सीपीसीको नेतृत्व पंक्तिमा रहेका उनले सीपीसीका उच्च तहका हजारौं नेतालाई प्रशिक्षण दिएको दाबी गर्दछन्। उनीबाट प्रशिक्षित हजारौं कार्यकर्ता अहिले चीनका विभिन्न सरकारी उच्च पदमा छन्।

आफ्नो कार्यकालका दौरान स्कुलमा प्रशिक्षणका बेला पार्टीको निर्माण गर्न अनेकौं नेतालाई सुझाव दिएको दाबी उनको छ। २०२० मा सीको आलोचना गरेका कारण आफूलाई पार्टीबाट निकाल्ने काम भएको र आफ्नो पेन्सनलाई समेत खोसी सुरक्षामाथि पनि खतरा आउनसक्ने चेतावनी दिने काम भएको झियाको आरोप छ। आफू अब संयुक्त राज्य अमेरिकामा निर्वासनमा बस्दै आएको भए पनि स्वदेशका आफ्ना चिनियाँ मित्रको सम्पर्कमा अहिले पनि रहेको दाबी गर्दछन्।

सीपीसीको २० औं नेशनल पार्टी कांग्रेसमा ह्रास आएको भए पनि आफूलाई तेस्रो कार्यकाल प्राप्त हुनेमा वसी ढुक्क छन्। पार्टीकै केही शीर्ष पंक्तिका नेता उनको विरोधमा रहेका कारण सीको प्रस्ताव निर्विरोध पार्टी हुने अवस्था त छैन। तर, पनि उनी सफल हुनेमा शंका छैन। उनको सफलता पश्चात संभवतः विरोधको स्वर देखापर्न सक्दछ। जनता प्रदर्शनको निम्ति घर बाहिर पनि आउन सक्दछन्। तर, अभूतपूर्व कार्यकालबाट उत्साही सी सम्भवतः घरेलु स्तरमा पनि आफ्नो वर्चस्वलाई थप बलियो पार्ने प्रयास गर्नेछन्। अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो महत्वकांक्षा बढाउने प्रयास गर्नेछन्।

जसरी जसरी सीको कार्यकाल लम्बिदै जानेछ उनकै कारण उत्पन्न नीतिविरुद्ध आन्तरिक कलह बढ्दै जानेछ र जनआक्रोस पनि तीव्र हुनेछ। पार्टीभित्र पनि विभिन्न गुटबीच प्रतिस्पर्धा तीव्र, जटिल र क्रुर हुँदै जानेछ। त्यस्तो अवस्था चीन एउटा दुष्चक्रको सामना गर्नसक्ने अवस्थामा पनि उत्पन्न हुनसक्ने झयाको अनुमान छ।

आक्रोशित भएर सी झन् उग्र एवम् आक्रामक तरिकाको सहारा लिनेछन् र उनको सल्लाहकार पनि थप गल्ती गर्न उत्साही गर्नेछन्। खासगरिकन ताइवानमाथि आक्रमण। देंग जियाओपिङको कार्यकालदेखि अहिलेसम्म चीनले प्राप्त गरेको आर्थिक सफलता पनि नराम्ररी प्रभावति हुने अनुमान उनको रहेको छ। एक स्थिर र सक्षम नेतृत्वका लागि प्रतिष्ठा पनि चाहिन्छ जो अघिदेखि नै चीनसँग रहदै आएको छ। तर, अब यसमाथि पनि आँच आउन सक्दछ।

सन् १९९४ मा पार्टी सत्तामा आएयता सीपीसीमा धेरै कम परिवर्तन भएका छन्। अब यस पार्टीले देशमाथि पूर्णरुपले नियन्त्रण कायम गर्न सकेको छ। देशको सेना, प्रशासन र नाम मात्रको विधायिकामा पनि यसले नै शासन गर्दछ। सन् २०१२ देखि सीले पार्टीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम गरेपछि पार्टी निर्णायक र उच्च समितिलाई पनि आफ्नो सुविधाका हिसाबले सन्चालन गर्ने गरेको काई झियाको आरोप छ।

खासगरीकन महासचिव नेतृत्वको स्थायी समिति र ५ देखि ९ जनासम्मको पोलिटब्यूरोमा पनि उनकै वर्चस्व रहने गरेको छ। स्थायी समितिको बैठकमा यसको विवरणलाई गोप्य रुपमा संरक्षित गरेर राखिएको हुन्छ। तर, व्यापकरुपमा यो जानकारी भएकै विषय हो कि कतिपय निर्णय, प्रमुख नीतिगत प्रश्नबारे दस्तावेजमार्फत् छलफल पश्चात नै गरिन्छ। सदस्य किनारामा आफ्नो टिप्पणी लेख्ने गर्दछन्। यस्ता पत्रहरु, मन्त्रालयका अधिकारी, पार्टीका विभिन्न अङ्गका शीर्ष नेताका साथै विश्वविद्यालय र थिंक ट्याङ्कका विशेषज्ञद्वारा लेख्ने गरिन्छ।

आफू एक प्राध्यापक रहेको र सेन्ट्रल पार्टी स्कुल विभागमा झण्डै एक महिनामा यस्ता मेमोको उत्पादनका लागि एउटा कोटा नै निर्धारण गरिएको उनको अनुभव छ। एउटा प्रोफेसरको मासिक तलबबाट करिब डेढ हजार डलरको रुपमा इनाम प्रदान गरिएको काइ झियाको दाबी छ।

दलिय व्यवस्थाको एउटा अर्को विशेषता निरन्तररुपमा कायम रहँदै आएको छ र त्यो हो व्यक्तिगत सम्बन्धको महत्त्व। जब पार्टी संगठनभित्र कसैको उत्थानको कुरा आउँछ अनि व्यक्तिगत सम्बन्ध जसमा कसैको पारिवारिक प्रतिष्ठा र कम्युनिष्ट वंशावली शामिल रहेको हुन्छ। त्यो पनि त्यति नै अर्थ राख्दछ जति कि व्यक्तिको क्षमता र विचारधारा। वर्तमान राष्ट्रपति सी आफ्नो बुबाको नाम प्रभावको कारण कसरी एकपछि अर्को खुड्किला पार गर्दै राजनीतिको शीर्षसम्म पुगे त्यसबारे पनि झियाले विस्तारपूर्वक बताएका छन्।

सीको राजनीतिमा बढ्दो वर्चस्व चिनियाँ प्रचारबाजीको देन हो भन्ने मान्यता एक थरिको रहेको छ भने केहीको नजरमा उनी आफ्नो क्षमताको भरमा अगाडि बढेको धारणा छ। यथार्थमा पहिलो मान्यता नै विश्वासिलो छ। किनभने उनको सफलतामा उनको बुबा सी झोगजुनको राजनीतिक पृष्ठभूमी बढी सहयोगी सावित भएको छ। उनका बुबा सीपीसीका नेता क्रान्तकारी छविका र विवादरहित नेता थिए।

माओत्सेतुङको शासनमा केही समयका लागि प्रचार मन्त्री पनि थिए। सन् १९८० मा जतिबेला सी उत्तरी प्रान्त हेवइका पाटी काउण्टी प्रमुख थिए त्यतिबेला उनकी आमाले पार्टीका प्रादेशिक प्रमुखलाई एउटा पत्र लेखी सीलाई पार्टी संगठनमा महत्वपूर्ण स्थान दिन आग्रह गरेकी थिइन। त्यतबेलाका अधिकारी गाओआङले त्यसको नोटको महत्त्व दिएनन्। उल्टै प्रान्तको पोलिटव्यूरो र स्थायी समितिको बैठकमा उक्त नोटलाई सार्वजनिक गरेर उनको परिवारलाई लज्जित पार्ने काम गरे किनभने त्यतिबेला यस्तो गर्नु पार्टीको नयाँ अभियानको उल्लंघन थियो।

सीले आफ्नो त्यस अपमानलाई कहिल्यै बिर्सेनन्। सन् २००९ मा जब गाओको निधन भयो अनि सीले तिनको अन्तिम संस्कारमा पनि सहभागिता जनाएनन्। यो परम्पराको उल्लंघन थियो। दुवैजनाले सेन्ट्रल पार्टीको स्कुलको अध्यक्षको रुपमा काम गरेका थिए। एउटा क्याडरको क्यारियरको सम्मान गर्नेकाम भएन तर सीको बचाउनमा आएर फुजियानका पार्टी प्रमुख बुआ जो सीका बुआ जो सीका बुआको विश्वासपात्र थिए। त्यसपरिवारले त्यतिबेला एउटा दुर्लभ पुनःमूल्यांकनको परिपाटी बसालेको थियो।

सन् १९८८ मा एउटा स्थानीय चुनावमा डेपुटी मेयरको लागि आफ्नो प्रस्ताव असफल भएपछि सीलाई पार्टी प्रमुखको रुपमा बढुवा गरिएको थियो। एकपटक मध्यम प्रदर्शनका कारण उनी कमजोर पनि पर्दै गएका थिए। सीपीसीमा जिल्लास्तरबाट प्रान्तीयस्तरमा जान एउटा कठीन खुड्किलो पार गर्नुपर्दछ। यसलाई पार गर्न धेरैसमय लाग्ने गर्छ। तर, यहाँनिर पनि उनको पारिवारिक सम्बन्धले हस्तक्षेप गर्ने काम गर्या।

सन् १९९९ मा जतिबेला सीकी आमाले फुजियानमा नयाँ पार्टी नेता जिकिगलिन सामु एउटा निवदेन लेखिन र सीलाई प्रान्तीय राजधानीमा सरुवा गर्ने काम भयो। जस्तोकी सबैखाले तल्लो स्तरका कार्यकर्तालाई थाह भएकै कुरा हो कि सीपीसीको भर्याङ चढ्नको लागि एउटा माथिल्लो स्तरको कुनै उच्च तहका नेताको आवश्यकता हुन्छ। सीको मामिलामा यो निकै अनुकूल सावित हुँदै गयो। किनभने पार्टीका कतिपय नेता उनको बुबालाई निकै सम्मान दिने गर्दथे। उनको पहिलो महत्त्वपूर्ण गुरु गेग विआओ थिए। जो एक शीर्ष राजनीतिज्ञ र सैन्य अधिकारी थिए जसले कुनैबेला सीका बुबाको निम्ति पनि काम गरेका थिए।

सन् १९७९ मा उनले संरक्षकको रुपमा कलिलो उमेरमा सीलाई संरक्षण प्रदान गरेका थिए। यस्ता किसिमको संरक्षण उनलाई सुरुदेखि प्राप्त भइरह्यो। उच्चस्तरीय अधिकारीमा प्रत्येकको आफ्नो वंशावली हुने गर्दछ किनभने पार्टी संगठन भित्रका नेतानै आफ्नो निहित स्वार्थको पूर्तिका लागि एउटा समूह अथवा गुट नै बनाउका हुन्छन्।

वैचारिकरुपमा अघि सारिएको विवाद सीपीसीभित्र वादविवादलाई परिष्कृत हुने कमै अवसर प्राप्त हुने गर्दछ। विभिन्न वंशहरुबीच सत्ता संघर्ष भने जारी रहन्छ। यस्तो किसिमको व्यवस्थाले व्यक्तिगत निष्ठाप्रतिको जालोलाई जन्म दिने गर्दछ। यदि कसैका गुरु मुख्य पक्षबाट बाहिर हुन्छ भने ती कार्यकर्ता र नेता अनाथ हुने गर्दछन्।

झिया सीपीसीलाई एउटा राजनीतिक दलको संगठन पनि मान्न तयार छैनन्। पार्टी नेतृत्व र तिनका मुनिका नेताहरुको काम गर्ने शैली धाक र धम्की हुने गर्दछ। आपसमै सत्ताको बाँडफाँड गर्दछन् र प्रत्येकमा विभागको विभाजन हुन्छ। कसैलाई विदेश नीति, अर्थव्यवस्था, भ्रष्टाचार विरोधी निकाय आदिको जिम्मा दिइएको हुन्छ। तर, सबैको प्रमुख पार्टी नेतृत्व नै हुने गर्दछ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : १२ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन