आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन « Khabarhub

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

हुम्ला – कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरुद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ।

कर्णाली प्रदेश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन निकालिएको हो।

यसअघि २०७६/७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए। तर, आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग  मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो।

उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ-आफ्नो क्षेत्राधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र उनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए।

तर, गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्यानाकर्षण भएको छ। उक्त निर्णयको विरोध जनाउँदै शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका  कर्मचारीले एउटा हातमा कालो पट्टी बाँधेर घोर विरोध प्रदर्शन गरेका हुन्।

यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्णचन्द जोशीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई सँगै गाँस्नु सरकारको मूर्खता भएको दाबी गरे।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : ३२ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग