कर्णालीमा भयावह बालविवाह, बढ्दो बहुविवाह « Khabarhub

कर्णालीमा भयावह बालविवाह, बढ्दो बहुविवाह

यौनशिक्षामा कमी, शिक्षक र अभिभावकको कमजोरी



सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर १ की धना विश्वकर्मा अहिले २२ वर्ष पुगिन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् ।

बालविवाहका कारण २ वटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान् रोजगारीको सिलसिलामा भारत पुगे । रोजगारी खोज्दै भारत पुगेका दम्पती सुख–दुःख गरी साँझ–बिहानको छाक टारिरहेका थिए । दुर्भाग्य, रोजगारीकै क्रममा भारतको हिमाचल परदेशमा एक्कासी दुर्घटनामा परी श्रीमानको मृत्यु भयो । त्यसपछि सुरु भए धनाका दुःखका दिन । दुःखमाथि दुःख थपिए ।

‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन’, धनाले भनिन, ‘श्रीमानको मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले बासगास नहुँदा २ छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’

सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरको वेदना धना सुनाउँछिन् ।

‘बिहे गर्ने मन थिएन’, उनले भनिन, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुप¥यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइँन ।’ धनाजस्तै सोही ठाउँकी पारु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन । ‘उबेला ६ कक्षा पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के नहोला भनेर भागी बिहे गरेँ, ‘उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागिआएँ । अहिले समस्यै समस्या छन ।’

धनाजस्तै १७ वर्षीया उर्मिला बुढाले पनि १५ वर्षमा भागी विवाह गरिन । उर्मिलाको घरको अवस्था दयनीय थियो । खान, लगाउनकै समस्या भएपछि भागी विवाह गरेको उनले सुनाइन् ।

‘बुबाआमालाई जिम्मेवारी बढी भयो । विवाह गरे सहज होला भन्ठानेर गरेँ । सानैमा आमा बनियो,’ उर्मिला भन्छिन, ‘त्यतिखेर दुःख गरेर पढेको भए हुन्थ्यो, गल्ती गरियो ।’

धनाजस्तै जाजरकोटकी १५ वर्षीया बिनु शाही र १८ वर्षीया मनीषा सुनार पनि सानै उमेरमा विवाह बन्धनमा बाँधिएपछि अहिले पश्चातापमा छन् । उनीहरु एक प्रतिनिधि पात्र मात्र हुन । विभिन्न सघ संस्था र सरकारले बालविवाह सम्बन्धि विभिन्न कार्यक्रम गरेपनि बालविवाहमा कमि आउन सकेको छैन ।

बढ्दो तथ्यांक, घट्दो सचेतना
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ देखि हालसम्म ३१ जनाले बालविवाह गरेको तथ्यांक छ । यो प्रतिनिधि घटना मात्र हुन् । देखिएका घटना मात्र हुन् । भित्र भित्र लुकेका कैयौँ घटना छन् । सानैमा बालविवाह गर्नाले धेरैका जीवन अन्धकारतिर धकेलिएको थुप्रै उदाहरण पाइन्छन् ।

बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सजना सुनार बताउँछिन् ।

अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन्’, उनले भन्छिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहको सुरा सोेच्न थाल्छन् र बिहे पनि गर्छन ।’

बालविवाह रोेकथामका लागि स्थानीय सरकारले जीवनोपयोगी सीप सिकाउनुपर्ने र यौनसम्बन्धी शिक्षा दिनुपर्ने सुनारको सुझाव छ । आर्थिक वर्ष २०७७/७८ को सुरुदेखि २०७९ को हालसम्म कर्णाली प्रदेशभर ३१ वटा बालबिवाहसम्बन्धी मद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

२०७७/७८ मा २० वटा मुद्दा दर्ता भएका थिए जसमध्य ९ महिला, १६ जना पुरुष, ७ जना बालक, र ११ जना बालिका बालविवाहमा संलग्न रहेकोमा पक्राउ परेका थिए ।

त्यस्तै २०७८/७९ मा ११ वटा मुद्दा प्रहरीकोमा दर्ता भएका थिए । २०७७/७८ को तुलतामा प्रहरीको तथ्यांक निहाल्दा यो वर्ष केही कमि आएका देखिन्छ । २०७८/७९ मा २ महिला, ७ पुरुष, ८ बालक,र ८ बालिका पक्राउ पर्नेमा रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशमा बहुविवाहको अवस्था भयावह बन्दै गएको छ । बहुविवाह गरेकाले सजाएबाट उम्किनु नै यस्को प्रमुख कारण रहेको कानुनविद्हरु बताउँछन् ।

बहुविवाहका घटना पनि बढ्दै
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रत्येक वर्ष बहुविवाहका घटनमा वृद्धि हुँदै गएको तथ्यांकमा देख्न सकिन्छ । गत आर्थिक वर्ष २०७७/७८ मा ९६ वटा र २०७८/७९ को हालसम्म १ व्टा मुद्दा गरी जम्मा एकसय ७७ वटा मुद्धा दर्ता भएका छन् ।

२०७७/७८ मा ७९ महिला ७८ जना पुरुष र एक जना बालिका पक्राउ परेका छन् । त्यस्तै २०७८/७९ मा ६० महिला ६३ जना पुरुष पक्राउ परेको कर्णाली प्रदेश प्रहरीले जानाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १२ : ३७ बजे

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं