समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा कांग्रेस नेता बस्नेतको आपत्ति | Khabarhub Khabarhub

समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा कांग्रेस नेता बस्नेतको आपत्ति


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर– नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति विदुर बस्नेतले समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् । समानुपातिकमा आफ्नो दावी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्दसूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सूचीबाट नाम तत्काल हटाउन विज्ञप्तिमार्फत माग गरेका छन् । 

तीन पटकसम्म पार्टीको जिल्ला सभापति भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दावी गर्दै आएका छन् । उनले सो क्षेत्रबाट प्रत्यक्षबाहेक अन्य कुनै पनि दावी नरहेको प्रष्ट पारेका छन् । बन्दसूचीमा नाम समावेश गर्नु अघि आफूलाई एकपटक पनि नसोधिएको उनको भनाइ छ । ‘कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु ।’ उनले भने ।

 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ३ : १२ बजे

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि