कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण | Khabarhub Khabarhub

कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका स्थानीय तहका नौ हजारभन्दा बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भाग लिएका प्रदेशका नौ हजारभन्दा उम्मेदवारले अझै खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार खर्च विवरण नबुझाउने पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतका पराजित र निर्वाचित गरी प्रदेशका नौ हजार ६ सय ९२ जना उम्मेदवारले विवरण नबुझाउँदा जरिवानामा परेका छन् । पराजित उम्मेदवारमध्ये अधिकांशले खर्च विवरण बुझाएका छैनन् भने निर्वाचितमध्ये पनि करिब आधा जति जनप्रतिनिधिले खर्च विवरण बुझाएका छैनन् । दश जिल्लाका ७९ पालिका रहेको कर्णालीका कारबाहीमा पर्ने पराजित र निर्वाचित चार सय ५९ जना नगरपालिका प्रमुख र उपप्रमुख छन् । 

यस्तै, तीन सय १८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेका निर्वाचन आयोगले जनाएको छ । जरिवानामा पर्नेमा सबैभन्दा जुम्लाका धेरै छन् । जुम्लाका आठ पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी ८९ जना छन् । विवरण नबुझाएर अन्य नगरपालिका र गाउँपालिकाका गरी कालीकोटका ८७,  सल्यानका ६२, दैलेखका ४२, डोल्पाका ३३, मुगुका ३१, हुम्ला ३० जना उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् ।

यस्तै, रुकुम पश्मिका २५, सुर्खेतका २२ र जाजरकोटका १४ रहेका निर्वाचन आयोगले जनाएको छ । यस्तै, कर्णाली प्रदेशका ७९ वटै पालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी नौ हजार दुई सय १६ जना छन् । त्यसमध्ये चार हजार एक सय ४५ जना नगरपालिकाका छन् भने पाँच हजार ७१ जना गाउँपालिका वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य रहेका निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यलाई रु दुई लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यलाई एक लाख ५० हजार जरिवाना तोकेको छ । अबको छ महिनाभित्र जरिवाना नबुझाएमा छ वर्षसम्म उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : १८ बजे

माधव नेपालले बोलाए संसदीय दलको बैठक

काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक

प्यालेष्टाइनमा ७५ वर्षदेखिको ‘नक्बा’ र भोकमरी

अन्तर्राष्ट्रिय समाचारहरूमा हामीले आजकल निरन्तर पढ्ने, सुन्ने भनेको इजरायल–प्यालेस्टाइन युद्ध

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौं– करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं– सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

संविधानलाई पूर्ण बनाउन सबैको ऐक्यवद्धता जरुरी : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र