कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण « Khabarhub

कर्णालीका नौ हजार बढी उम्मेदवारले बुझाएनन् खर्च विवरण


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका स्थानीय तहका नौ हजारभन्दा बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भाग लिएका प्रदेशका नौ हजारभन्दा उम्मेदवारले अझै खर्च विवरण नबुझाएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका अनुसार खर्च विवरण नबुझाउने पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतका पराजित र निर्वाचित गरी प्रदेशका नौ हजार ६ सय ९२ जना उम्मेदवारले विवरण नबुझाउँदा जरिवानामा परेका छन् । पराजित उम्मेदवारमध्ये अधिकांशले खर्च विवरण बुझाएका छैनन् भने निर्वाचितमध्ये पनि करिब आधा जति जनप्रतिनिधिले खर्च विवरण बुझाएका छैनन् । दश जिल्लाका ७९ पालिका रहेको कर्णालीका कारबाहीमा पर्ने पराजित र निर्वाचित चार सय ५९ जना नगरपालिका प्रमुख र उपप्रमुख छन् । 

यस्तै, तीन सय १८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेका निर्वाचन आयोगले जनाएको छ । जरिवानामा पर्नेमा सबैभन्दा जुम्लाका धेरै छन् । जुम्लाका आठ पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी ८९ जना छन् । विवरण नबुझाएर अन्य नगरपालिका र गाउँपालिकाका गरी कालीकोटका ८७,  सल्यानका ६२, दैलेखका ४२, डोल्पाका ३३, मुगुका ३१, हुम्ला ३० जना उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् ।

यस्तै, रुकुम पश्मिका २५, सुर्खेतका २२ र जाजरकोटका १४ रहेका निर्वाचन आयोगले जनाएको छ । यस्तै, कर्णाली प्रदेशका ७९ वटै पालिका वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरी नौ हजार दुई सय १६ जना छन् । त्यसमध्ये चार हजार एक सय ४५ जना नगरपालिकाका छन् भने पाँच हजार ७१ जना गाउँपालिका वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य रहेका निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले नगरपालिका प्रमुख र उपप्रमुखलाई चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई तीन लाख ५० हजार, नगरपालिकाका वडाध्यक्ष र सदस्यलाई रु दुई लाख र गाउँपालिकाका वडाध्यक्ष र सदस्यलाई एक लाख ५० हजार जरिवाना तोकेको छ । अबको छ महिनाभित्र जरिवाना नबुझाएमा छ वर्षसम्म उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : १८ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता