मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै पुगेन चामल « Khabarhub

मुगुको खाद्य डिपो केन्द्र पुलुमा अझै पुगेन चामल


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा सञ्चालित सुपथ मूल्य पसलबाट दशैं, तिहारलाई लक्षित गर्दै बिहीबारसम्म चार सय ४२ क्विन्टल चामल बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा सञ्चालन भएको सुपथ मूल्य पसलबाट सो परिमाणको चामल बिक्री भएको खाद्य कम्पनीले जनाएको हो ।  

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै गत १ असोजदेखि सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट उक्त चामल बिक्री भएको कम्पनीका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । ती पसलबाट हरेक चामलको मूल्यमा प्रति एक केजीमा सात रुपैँया छुट दिइएको छ । कार्यालय प्रमुख भामका अनुसार अरु समयको भन्दा अहिले सुपथ मूल्य पसल सञ्चालन गरिएपछि धेरै चामल बिक्री भएको छ । 

सुपथ मूल्य पसलमा मुगु जिल्लाका छायानाथ रारा नगरपालिका र मुगुमकार्मारोगं गाउँपालिकाबाट प्रत्येक दिन तीन सयदेखि चार सयजना चामल लिन आउने गरेको कार्यालयले जानकारी दिएको छ । चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालनका लागि कम्पनी कार्यालय मुगुले १५ सय क्विन्टल चामल बिक्री गर्ने भएको छ । 

कर्णालीका अन्य जिल्लाभन्दा मुगु सडक सञ्जालसँग नजोडिनुले स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । मुगुमकार्मारोगं गाउँपालिकाको पुलु डिपो केन्द्रमा अझैसम्म खाद्यान्न पुग्न सकेको छैन । पुलु डिपो केन्द्रका लागि ठेक्का प्रक्रिया नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ । पुलु डिपो केन्द्रमा चामल मौज्दात नहुँदा स्थानीयले पसलबाट चर्को मूल्य हालेर किन्न बाध्य भएका छन् । 

 

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ३८ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता