‘गठबन्धनकै कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त’ « Khabarhub

‘गठबन्धनकै कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त’


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् । शनिबार काठमाडौंमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभमात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् । 

उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमाले मात्रै गर्ने बताए । नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको उनले बताए । उनले अब मुलुकलाई रूपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरू एकठाउँ उभिन जरुरी रहेको धारणा राखे उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए । 

पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चुनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे । पोखरेलले मुलुकको उचित विकासको मोडललाई अवलम्बन गर्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ४७ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता