बारामा चार लाख ३३ हजार मतदाताले भाग लिने « Khabarhub

बारामा चार लाख ३३ हजार मतदाताले भाग लिने


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कलैया– आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारामा चार लाख ३३ हजार पाँच सय चार मतदाताले भाग लिने भएका छन् । 

जिल्लाका चार निर्वाचन क्षेत्रसमेत गरी पुरुष दुई लाख ३६ हजार आठ सय ८०, महिला एक लाख ९६ हजार छ सय १२ र अन्य १२ गरी कुल चार लाख ३३ हजार पाँच सय चार मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जानकारी दिए । तीन सय पाँच मतदानस्थल, पाँच सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ मा पुरुष ६३ हजार चार सय ६४, महिला ५५ हजार नौ सय छ र अन्य पाँच गरी एक लाख १९ हजार तीन सय ७५ मतदाताका लागि ८६ मतदानस्थल, एक सय ५५ मतदान केन्द्र छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा पुरुष ५८ हजार सात सय ४२, महिला ४४ हजार दुई सय ६९ गरी एक लाख पाँच हजार ११ मतदाताका लागि ८२ मतदानस्थल, एक सय ३६ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचन क्षेत्र नं ३ मा पुरुष ५६ हजार पाँच सय २३, महिला ४६ हजार छ सय २५ र अन्य एक गरी जम्मा एक लाख तीन हजार एक सय ४८ मतदाताका लागि ७६ मतदानस्थल र एक सय ३३ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ४ मा पुरुष ५८ हजार एक सय ५२ मतदाता, महिला ४७ हजार आठ सय १२ र अन्य छ गरी जम्मा एक लाख पाँच हजार नौ सय मतदाता रहेकामा ६१ मतदानस्थल तथा एक सय ३२ मतदान केन्द्र तोकिएको छ ।

विसं २०७४ मङ्सिर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा तीन लाख ४९ हजार नौ सय ४६ मतदानका लागि तीन सय तीन मतदानस्थलको व्यवस्था गरिएको थियो । तीन सय तीन मतदानस्थलमध्ये ६६ अति संवेदनशील रहेको थियो । 

निर्वाचन क्षेत्र नं १ मा ९६ हजार एक सय ४६ मतदाताका लागि ८४ मतदानस्थल, २ मा कुल ८३ हजार पाँच सय २४ मतदाताका लागि ८२ मतदानस्थल, निर्वाचन क्षेत्र नं ३ मा ८४ हजार छ सय ६९ मतदाताका लागि ७६ मतदानस्थल र निर्वाचन क्षेत्र नं ४ मा जम्मा ८५ हजार छ सय सात मतदाताका लागि ६१ मतदानस्थलको व्यवस्था गरिएको निर्वाचन कार्यालयले गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ५९ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता