ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुमा शिवराज नगरपालिका-३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो ।

छोरीसहित ससुराली घर आएका थापालाई  बिहान बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका थापाको उपचारका लागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा उनकी तीन वर्षीय छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते थापाको बुटवलमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ६ : ४२ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट